Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको भद्रकालीमा बस पल्टियो


    बिहिबार, माघ १ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडाैंकाे भद्रकालीमा यात्रुबाहक बस पल्टिएकाे छ । बिहीबार बिहान रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको यात्रुबाहक बस पल्टिएकाे हाे । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो।

    बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

    बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको भनिएको छ ।

    व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार