Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक


    बिहिबार, बैशाख ११ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक प्रहरीद्वारा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरिएको एक भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र आलोचना भइरहेको छ ।

    भिडिओमा चार जना ट्राफिक प्रहरी एक व्यक्तिलाई जमिनमा लडाएर बुटले हानिहेका देखिन्छन् । घटनास्थलमा सर्वसाधारणको बाक्लो भीड, मोटरसाइकलहरूको चाप, र ‘कीर्तिपुर यातायात’ लेखिएको बस देखिनुले घटनास्थल काठमाडौं उपत्यका भित्रै भएको अनुमान गरिएको छ ।

    भिडिओमा देखिएअनुसार कुटपिटकै क्रममा पीडितका कागजातहरू भुईँमा फालिएको छ, र ती प्रहरीहरू मध्ये एक जना त्यही कागजमाथि टेकेर अघि बढेको देखिन्छ । यद्यपि घटनास्थलको यकिन पहिचान र संलग्न प्रहरीहरूको नाम भने अझै खुलाइएको छैन ।

    सार्वजनिक रूपमा कानुन पालना गराउने निकायबाटै यसरी कानुनको उल्लङ्घन हुनुले नागरिक सुरक्षामाथि प्रश्न उठाएको छ । पीडितको अवस्था, कुटपिटको कारण, र ट्राफिक प्रहरीको आचरणप्रति जबाफदेहिता आवश्यक छ ।

    सुरक्षा निकायप्रति नागरिकको विश्वास कायम राख्न यस्ता घटनाको निष्पक्ष र छिटो अनुसन्धान हुनु आवश्यक छ । दोषी ठहरिने प्रहरीहरूलाई कानुनी कारबाही हुनुपर्छ भन्ने जनताको माग तीव्र रूपमा उठिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार