Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपक मनाङेले फिर्ता लिए पुनरावलोकनका लागि दिएको निवेदन


    बिहिबार, बैशाख ११ २०८२
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गण्डकीका निलम्बित सांसद राजीव गुरूङ उर्फ दीपक मनाङेले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा दिएको रिट फिर्ता लिएका छन् । कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने कसुरमा दोषी ठहर गर्दै मनाङेलाई कैद सजाय फैसला गरेको थियो ।

    गुरूङले फैसला पुनरावलोकनका लागि माघ ४ गते निवेदन दिएका थिए । पुनरावलोकनका लागि उनले दिएको निवेदन पेशी चढे पनि सुनुवाइ हुन सकेको थिएन । उनले पुनरावलोकन रिट फिर्ताका लागि सोमबार निवेदन दिएका थिए ।

    उक्त निवेदनमा सुनुवाइ गर्दै बिहीबार कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासबाट निवेदन फिर्ताको माग अनुसार नै आदेश भएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

    सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्च अदालत पाटनको फैसला सदर गरेको थियो । सो फैसलामा उनलाई पाँच वर्षको कैद सजाय सुनाइएको थियो ।

    यद्यपि, मनाङेले मुलुकी ऐन, दण्ड सजाय सम्बन्धी धारा ४१९क० अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएका थिए । सोही अनुरूप जिल्ला अदालतले फागुन २३ गते उनलाई एक वर्ष कैद छुट दिने आदेश गरिसकेको छ ।

    मनाङे २०८१ कात्तिकमा राजधानीको सानो भर्याङबाट पक्राउ परेका थिए । उनले २१ वर्षअघि चक्रे मिलनमाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका छन् । ठेक्कापट्टा र असुलीको विवादपछि मनाङे समूहले २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार