काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयु छोटो हुने निष्कर्षमा पुगेको छ । मङ्गलवार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली नेतृत्वको सरकार सत्तारुढ दलभित्रकै तीव्र अन्तर्विरोधका कारण ढल्ने निष्कर्ष सुनाएका हुन् ।
प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमण सकिएपछि सत्ता समीकरणबारे औपचारिक छलफल सुरु हुने सङ्केत गरेका छन् ।
बैठकमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकारभित्र प्रवेश गर्ने भन्दा पनि सरकारबाहिर बसेर काँग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनलाई समर्थन गर्ने रणनीति प्राथमिकतामा रहेको बताएका छन् । यद्यपि काँग्रेस पक्ष भने माओवादी केन्द्रलाई सरकारमै सहभागी गराउन इच्छुक रहेको देखिएको छ ।
सत्तारुढ गठबन्धनभित्र गहिरिँदो असहमति, आगामी बजेटको तयारीसँगै चुलिँदो द्वन्द्व, गभर्नर नियुक्तिमा जारी अन्योल लगायतका मुद्दाले सरकार सङ्कटमा परेको माओवादीको विश्लेषण छ । माओवादीले ओली सरकार लम्बिँदा अलोकतान्त्रिक अभ्यास र संविधानमाथि नै सङ्कट आउने चेतावनी पनि दिएको छ ।
प्रचण्डले निकट भविष्यमै प्रमुख प्रतिपक्ष दलहरूसँग शिक्षा विधेयक र राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्ने र त्यसपछि काङ्ग्रेससँग सहमति बनाएर अघि बढ्ने योजना रहेको सङ्केत दिएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend