काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाको निम्तोमा उनको घरमा आज (बिहीबार) पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत पुगेका छन्।
साथै ऊर्जा मन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, नैनसिंह महर, गुरू बराल, अम्बिका बस्नेत, शिव हुमागाईं, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि पुगेका छन्।
पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन् भने निवासमा चियापान समारोह पनि आयोजना गरिएको छ। १४ औं महाधिवेशन तयारी चल्दै गर्दा पनि शशांक-विमलेन्द्र-प्रकाशमान सिंहबीच छलफल हुने गर्थ्यो। कांग्रेसको १५ औं महाधिवेशनका लागि पनि उनीहरूले एकअर्काका निवासमा पुगेर ‘लञ्च मिटिङ’ गर्दै आएका छन्।
यसअघि यस्तै मिटिङ विमलेन्द्र निधिको निवासमा भएको थियो भने त्यसअघि प्रकाशमान सिंहकोमा भएको थियो। सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट १५ औं महाधिवेशनमा सभापति उम्मेदवार चयन नगरेपछि उनीपक्षका पूर्वपदाधिकारीहरूले छलफल गर्दै आएका छन्।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend