Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षक आन्दोलन २३औं दिन, नाराबाजी छाडेर रक्तदान


    बिहिबार, बैशाख ११ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रत आन्दोलमा शिक्षकहरुको आज २३औं दिन पुगेको छ । २३ दिन देखि निरन्तर आन्दोलनमा रहेको शिक्षकहरुले आज नाराबाजी छाडेर सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।

    उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गर्दथे ।

    उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् ।

    उनीहरुको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार