Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नौ लाख अवैध रकमसहित दुई जना पक्राउ


    बुधबार, पुष २९ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिराहाको बरियारपट्टी गाउँपालिका–२ का ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुर रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा स्रोत नखुलेको अवैध ९ लाख ३९ हजार ९ सय १५ नेपाली रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि पनि अवैध रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार