Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो


    बिहिबार, बैशाख ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल । भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ ।

    मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै रुपन्देही ल्याइएको हो ।

    आज बिहान सुदिपको डेथ बडी बेलहिया नाका हुँदै बुटवल ल्याइएको प्रहरी प्रमुख उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।

    सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते भएकी थिइन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् । उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार