Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति कार्यालयले गरायो मन्त्रिपरिषद हेरफेरको जानकारी


    बुधबार, बैशाख १० २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन् ।

    यस अघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ । राष्ट्रपतिको कार्यालयको पत्र अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

    यसअघि नेकपा एमालेकै विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका हुन्। उनको शपथग्रहण भोलि बिहीबार हुँदैछ ।  उनी परराष्ट्र मन्त्री आरजु राणापछि आठौं बरियताक्रममा समावेश भएका छन् ।

    यस्तै, प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्। राष्ट्रपति कार्यालयको पत्रमा उनको नाम उल्लेख छैन ।

    यस्तो छ पुनर्गठित मन्त्रिपरिषद

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार