Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • रघु पन्त शिक्षामन्त्री नियुक्त हुँदै, भोलि सपथ


    बुधबार, बैशाख १० २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिद्या भट्टराईको राजीनामासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त गर्ने तयारी गरेका छन् ।

    भट्टराईको राजीनामा स्वीकृत नहुने अनुमानका बीचमा प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्तिको तयारी गरेको स्रोत बताउँछ ।

    सोमबार विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । बालुवाटार स्रोतका अनुसार पन्तको शपथ भोलि गराउने तयारी छ ।

    पन्त नेकपाको विवादमा माधव नेपालतिर लागेका थिए । तर दस बुँदे सम्झौता गरी उनी एमालेमै रहेका थिए । माधव नेपालका निकट पन्तलाई मन्त्री बनाएर ओलीले एकताको सन्देश दिन खोजेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार