Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान हटाउनु नहुने अडान राख्दैआएका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त


    बुधबार, बैशाख १० २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् । उनलाई बुधबार बर्खास्त गरिएको छ ।

    गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्त गरिएको सूचना टेलिफोनमार्फत् दिएका थिए ।

    रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित भएका राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउनु नहुने अडान राख्दैआएका थिए ।

    तीन महिना कार्यकाल बाँकी रहेका घिसिङलाई हटाउने निर्णयको उनले सार्वजनिक रुपमै बिरोध गरेका थिए । कुलमानको पक्षमा अडान लिएकै कारण प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार