Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोजगारीको लोभ देखाएर फेसबुकमार्फत ठगी गरेको आरोपमा पक्राउ


    बुधबार, पुष २९ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का रहेका छन् ।

    महाशाखाले उनलाई फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

    फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई–सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा महाशाखाले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार