Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयोगलाई ओलीको जवाफ : नेकपा फुटेको छैन


    बुधबार, पुष २९ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् ।

    साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उनले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकता भंगको घोषणा गरेको हुने दाबी गरेका छन् ।

    निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन् ।

    ओलीले ११ पृष्ठ लामो जवाफ पठाउँदै भनेका छन्, ‘पुष्पकमल दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसावले पत्राचार गरेपनि झै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छैन र, होइन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार