काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामको प्रकृति अनुसार श्रमिकको न्युन्तम ज्याला हुने पर्ने बताएका छन ।
बुधबार काठमाडौमा नेपालमा प्रभावकारी पारिश्रमिक नीतिहरूको रूपरेखा तयार पार्ने र कार्यान्वयन गर्ने विषयमा आयोजित सचेतना कार्यशालामा बोल्दै मन्त्री भण्डारीले कामको प्रकृति अनुसार तलब सुविधाको प्रकृति हुनु पर्ने उनले बताए ।
उनले रोजगारदाता, श्रमिक, ट्रेड युनियन सबै सरोकारबालाहरु बीच गहन छलफल गरी श्रमिकहरुको न्यून्तम ज्याला र सुविधा सम्बन्धमा एउटा ठोस सुत्रको खोजी गरी सहमत हुन सके सबैको लागि उत्तम हुने बताए ।
यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताउँदै श्रमिकको हितमा के के गर्न सकिन्छ त्यसका लागि काम गनुपर्नेमा जोड पनि दिए ।
उनले श्रमिकहरुको ज्यालाको सम्बन्धमा त्यसका आधारहरु, मापदण्ड सहितका सुत्र निर्माण गर्नुपर्नेमा ढिला गर्न नहुने बताए ।
त्यसै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले न्युन्तम पारिश्रमकि तोक्दा रोजगारदाता र श्रमिकलाई दुवैलाई अप्ठयारो नहुने गरी गर्नुपर्नेमा जोड दिए ।
ट्रेड युनियनका तर्फबाट जेटियुसीसीका महासचिव इन्द्रदेव मिश्रले निजी र सरकारी दुवै क्षेत्रका कामदारका लागि बराबर न्युन्तम ज्याला तोक्नु पर्ने बताउँदै रोजगारदाताले फराकिलो हृदय गर्न सके यो बिषय कठिन नरहेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा आयोजित कार्यशालामा सरोकारवालाहरुबिच न्युनतम पारिश्रमिकबारे गहन छलफल सुरु भएको छ । उक्त कार्यशाला दुई दिन सम्म चल्नेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend