Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ


    बुधबार, पुष २९ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का डेढ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    बुधबार दिउँसो मध्यबानेश्वरमा विरोध प्रदर्शनका लागि कपाल मुन्डन गर्ने क्रममा कम्तीमा १५ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।

    मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेविसंघलगायतका विद्याथी संगठन
    देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।

    उनीहरुले प्रधानमन्त्रीको संसद् विघटनको कदम असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरिरहेका छन् । सत्तारुढ दल नेपाप कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह पनि निरन्तर आन्दोलनमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार