Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा दुई देशका गैरआवासीय राजदूत नियुक्त


    बुधबार, बैशाख १० २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल सरकारले स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई माल्टाका लागि र इजरायलका लागि नेपाली राजदूत प्रा। धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज नेपाल र पण्डितलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी दिएका हुन् ।

    राष्ट्रपति पौडेलले उनीहरूलाई संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूतको रूपमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार