Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लव समूहका विदेश विभाग प्रमुख बाँस्तोलासहित २ जना पक्राउ


    बुधबार, पुष २९ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोलासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी स्रोतका अनुसार उनीहरुलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

    बाँस्तोलासँगै विवेक कुमाल पनि पक्राउ परेका छन् । उनी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता मानिन्छन् ।

    पक्राउ परेका बाँस्तोला विप्लव समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार