Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा २ सय ४६ काेराेना संक्रमित थपिए


    बुधबार, पुष २९ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं २४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  काठमाडौंमा १८९ , ललितपुरमा ३८  र भक्तपुरमा १९ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    हालसम्म काठमाडौंमा मात्र ९९ हजार ३३९ जना संक्रमित भएका छन्, जसमध्ये ४८३ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ५५१ जना निको भएका छन्।

    ललितपुरमा १५ हजार ६८२ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार २४० जना निको भएका छन्।

    भक्तपुरमा ९ हजार ८२ संक्रमितमध्ये १११ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८६९ जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ३०५ ललितपुरमा २९०  र भक्तपुरमा १०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार