Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रविको निवेदन न्यायाधीश मुसलमानको इजलासमा


    मंगलबार, बैशाख ९ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा राखिएका रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज (मंगलबार) सुनुवाइ हुने भएको छ।

    उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा निवेदन पहिलो नम्बरमा पेशी तोकिएको छ। यसअघि सोमबार न्यायाधीश हरि फुयालको इजलासमा पेशी तोकिएको भए पनि हेर्न नमिल्ने भएको जनाउँदै सुनवाइ अगाडी बढेको थिएन।

    आफूलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै रिहा गरिनुपर्ने माग गरी पूर्वगृहमन्त्री लामिछाने श्रीमती निकिता पौडेलमार्फत आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्।

    बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो। तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेपछि रवि रुपन्देही कारागारमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार