Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १७ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार, एक पक्राउ


    बुधबार, पुष २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिकाकीका बस्ने २३ वर्षीय प्रविन चन्द रहेका छन् । अर्का एक जना भने फरार रहेका प्रहरीले जनाएकाे छ ।

    १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चन्दलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार घटनामा संलग्‍न अर्का एक जना फरार रहेकाले उनको खोजी भइरहेको छ ।

    गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई २ जना युवाले सामूहिक बलात्कार गरेर फरार थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार