Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एआईजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी तथा समन्वय समिति


    बुधबार, पुष २९ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल प्रहरीले सरकारको स्वार्थमा भर्खरै बढुवा भएका एआईजी विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ ।

    पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा डिआईजीसहित ३७ सदस्य रहेका छन् । तर, आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

    पोखरेलको समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्ने वताइएको छ ।

    निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ । गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएपछि नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो ।

    स्रोतका अनुसरा सरकारकै स्वार्थमा पोखरेललाई केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समितिको प्रमुख बनाइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार