Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गलत प्रवृत्तिविरुद्ध वैचारिक बहस जरुरी छ : मन्त्री भट्ट


    मंगलबार, पुष २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताउनुभएको छ ।

    नेकपा कैलालीको आज धनगढीमा भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उहाँले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिनुभएको स्पष्ट पार्नुभयो ।

    अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुनःस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री भट्टले भन्नुभयो, “आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धतासहित तयारीमा अहिल्यैदेखि जुट्नुपर्छ ।” सो अवसरमा स्थायी समिति सदस्य भट्टले सो पार्टीका मनोनीत प्रदेश र जिल्ला कमिटीका सदस्यलाई शपथसमेत गराउनुभएको थियो ।

    बैठकमा पार्टीका जिल्ला अध्यक्ष रतनबहादुर थापा, दीपकप्रसाद देवकोटा, विघटित प्रतिनिधिसभाका सदस्य नारदमुनि रानालगायतले पनि समसामयिक विषयमा बोल्नुभएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार