Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकलसहित चाेरी गर्ने गिराेह प्रहरीकाे फन्दामा


    मंगलबार, पुष २८ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा। चोरीका १५ वटा मोटरसाइकल र स्कुटरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा इलामका २२ वर्षीय क्षितिज भन्ने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय रोशन गिरी, २० वर्षीय मनिष गिरी, ताप्लेजुङका २२ वर्षीय सन्दिप लिम्बु र पाँचथरका २१ वर्षीय रोशन भन्ने पासाङ तामाङ रहेका छन् । 

    इलाका प्रहरी कार्यालय अनारमनिले चोरी भएका सवारी साधन खोजी गर्नका लागि सञ्चालन गरेको ‘अपरेशनल हन्ट’ मा झापा लगायतका स्थानबाट प्रहरीले सवारीसाधनसहित चोरी गर्ने व्यक्तिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राकेश थापाले बताए । 

    प्रहरीले पक्राउ परेका ७ जनाको संलग्नतामा चोरी भएका ३ वटा मोटरसाइकल र १ वटा स्कुटर पक्राउपछि थप अनुसन्धानको क्रममा अन्य ११ वटा मोटरसाइकल बरामद गरिएको डिएसपी थापाले बताए । 

    डिएसपी थापाका अनुसार बरामद गरिएका १५ वटा मोटरसाइकल र स्कुटरमध्ये १ वटा स्कुटर र ३ वटा मोटरसाइकल सवारी धनिलाई जिम्मा लगाइएको छ भने बाँकी ११ वटा मोटरसाइकल धनिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार