Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अदालतमा ओलीले सेटिङ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजे : नारायणकाजी श्रेष्ठ


    मंगलबार, पुष २८ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ‌ओलीले सेटिङ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्।

    नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले ओली गुटका मानिसहरुले नै प्रधानमन्त्रीले असंवैधानिक कदम त चालेकै हुन् तर ‘सेटिङ’ मिलाएर आफ्नै पक्षमा फैसला गर्न बाटो बनाएको बताउने गरेको बताए।

    संसद विघटनविरुद्ध करिब एक दर्जन बढी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छन्।

    कार्यक्रममा नेता श्रेष्ठले भने ‘ओलीका गुटका मानिस भनिरहेका छन्, यो असंवैधानिक त हो। संविधान विपरित त छ। तर, केपी बाले सेटिङ मिलाउनु भएको छ। सबै हाम्रो पक्षमा फैसला हुन्छ। निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ।’

    पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले अरुले जे भनेपनि आफू भने अदालतप्रति पूर्ण विश्वस्त रहेको स्पस्ट पारे। अदातलतले संविधानमै भएको व्यवस्था प्रयोग गरेर फैसला गर्ने भएकाले प्रतिनिधिसभा पुनस्स्थापित हुनेमा आफू विश्वस्त भएको उनले जिकिर गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार