Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • आर आर क्याम्पसका प्राध्यापक आचार्य पक्राउ


    मंगलबार, पुष २८ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडाैंले रत्नराज्य लक्ष्मी (आर आर) क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्यलाई पक्राउ गरेकाे छ ।

    परिसरका एसएसपी अशोक सिंह राठोरका अनुसार क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको हाे ।

    प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । प्राध्यापक आचार्यलाई क्याम्पसबाट नै पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

    उनीमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार