Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिन्दवासिनी म्युजिककी अध्यक्ष रेग्मी पक्राउ


    मंगलबार, पुष २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेकाे छ । 

    गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरेकाे हाे ।

    उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कलाकारहरूले कपी राइट सम्बन्धमा दिएको जाहेरीको आधरमा लिनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार