Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलडाँगीस्थित शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु


    मंगलबार, पुष २८ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमक। झापा दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी हुनुहुन्थ्यो ।

    बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आउनुभएका उहाँको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद रु तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार