काठमाडौँ । काठमाडौँको मातातीर्थ सबस्टेशनमा आइतबार दिउँसो अचानक भएको आगलागीका कारण अवरुद्ध भएको विद्युत आपूर्ति क्रमशः पुनः सुचारु हुँदैछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार तीन दिनभित्र सबै प्रभावित क्षेत्रमा आपूर्ति पूर्णरूपमा पूर्ववत हुनेछ ।
ब्रेकर प्यानलको स्वीच सञ्चालन गर्दा स्पार्क भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । तर यो ठेकेदारको लापरवाहीबाट मात्रै हो कि कसैले जानीबुझी गराएको हो भन्ने विषयमा तीन सदस्यीय छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाइने प्राधिकरणले जनाएको छ ।
‘घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कारबाही गरिनेछ’ शाक्यले बताए । उनका अनुसार, जलेका उपकरण निर्माण कम्पनीमार्फत् प्रतिस्थापन हुनेछन् भने तत्कालका लागि स्युचाटार सबस्टेशनबाट सेवा रिरोटिङ गरी अधिकांश क्षेत्रमा आपूर्ति बहाल गरिएको छ ।
बूढानीलकण्ठ र चपली सबस्टेशनबाट स्वीचगियर ल्याएर आवश्यक मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।
आगलागीका कारण चन्द्रागिरी आसपासका क्षेत्रमा भएको विद्युत अवरुद्ध सोमबारबाट पुनः सञ्चालनमा आएको शाक्यले स्पष्ट पार्नुभयो ।
यस घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता र प्राविधिक सावधानीमाथि समेत प्रश्न उठाएको छ । प्रणालीको दीर्घकालीन स्थायित्वका लागि व्यापक मूल्यांकन र सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend