काठमाडौं । अभिनेत्री मनिषा कोईरालाले राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले गरेको व्यवहार निन्दनीय भएको बताएकी छिन् ।
पृथ्वी जयन्तीका अवसरमा काठमाडौंमा र्याली निकाल्ने क्रममा भएको झडपको प्रसंगलाई उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमामार्फत् लेखेकी छन्, ‘राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रद्धाञ्जली दिज नापाउने? आमव्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।