Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाकु जङ्गलमा लागेको डडेलो आएन नियन्त्रणमा


    सोमबार, पुष २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन  । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन  चपेटामा परेको छ ।

    भीरपाखा र असहज स्थानमा भएकोले डडेलो  नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए। डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए ।
      
    सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् ।  ती क्षेत्रका सयौं हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार