Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक जना पक्राउ


    सोमबार, पुष २७ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका–६ का रामकुमार गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सोमबार बिहान चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको हाइस गाडी जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

    उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

    गुरुङलाई नियन्त्रणमा लिएर बरामद भएको रकम र चेकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार