Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिए


    सोमबार, पुष २७ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४ सय ८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    काठमाडौंमा २ सय ३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्। 

    भक्तपुरमा हालसम्म ८ हजार ८ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन्। ९ हजार ५४ कुल संक्रमितमध्ये १ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि ९४ जना उपचाररत छन्। 

    यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ६ सय १५ पुगेको छ। १५ हजार १ सय ९७ जना डिस्र्चाज हुँदा १ सय ५२ जनाको मृत्यु भएको छ। ललितपुरमा २ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार