निभेष यादव
काठमाडौं । मन्त्रालयका कर्मचारीलाई मन्त्रीले ब्रिफिङ लिनु त सामान्य कुरा हो, तर मन्त्रीको स्वकीय सचिवालयका कर्मचारीले ब्रिफिङ गर्नुलाई भने सहरी विकास मन्त्रालयका कर्मचारीले आश्चर्यका रुपमा लिएका छन् ।
माधव नेपाललाई देखाउन केपी ओलीले सहरी विकास मन्त्री बनाएका प्रभु साहका प्रेस सहयोगी निभेश यादवले आज मन्त्रालयमा कर्मचारी बोलाएर ब्रिफिङ लिएका छन् । आन्तरिक प्रशासन शाखाका उपसचिवदेखि कार्यालय सहयोगीसम्म बोलाएर उनले अबदेखि कुनै काम गर्दा आफूहरुसँग समन्वय गरेर मात्र गर्न ध्यानाकर्षण गराएका थिए ।
मन्त्री शाह जिल्लातिर गएको मौकामा यादवले मन्त्रालयमा आज यस्तो तमासा देखाएको एक कर्मचारीले नेपालफेसलाई बताएका छन् ।