Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एन्फाका पूर्व महासचिव शाहीको निधन


    सोमबार, पुष २७ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

    लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक रहेका थिए ।

    सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । शाहीले चार पटक साफ खेल खेलेएका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोल रक्षक रहेका थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन् ।

    उनी २०५२ सालमा गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिवमा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहेको थिए । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घको संस्थापक अध्यक्षमा चयन भएका थिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार