Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको पुत्ला दहन


    सोमबार, पुष २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला जलाएका छन् । विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् ।

    उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सिंहको पुत्ला जलाएका हुन् । आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको थियो ।

    विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार