काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आइतबार ९२ हजार ५ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ९१ हजारा ७ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।