Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • अमेरिकी संसदमा हिंसात्मक आक्रमणपछि ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी 


    सोमबार, पुष २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन् ।

    तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध दङ्गालाई प्रोत्साहन गरेको आरोप लगाउने योजना छ ।

    संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो ।

    संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए ।

    तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ ।

    क्लाइबर्नले भने, ‘आफ्नो प्राथमिकता निर्धारण गर्न र त्यसको कार्यान्वयन थाल्न राष्ट्रपति निर्वाचित बाइडनलाई एक सय दिन दिऊँ । बीबीसी न्यूज

    प्रतिक्रिया
    सम्बन्धित समाचार