Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • एसएसपी पदमा बढुवाको तयारी, ११ पदमा बीसौं एसपीको लर्को


    सोमबार, पुष २७ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालय निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गर्नु अघि नै एसएसपी बढुवाको तयारीमा लागेको खबर छ । डीआईजी बढुवा पछि   रिक्त एघार एसएसपी पदमा बढुवा हुनका लागि २० भन्दा बढी एसपीको दौडधुप चल्न थालेको छ ।

    डीआईजी बढुवामा वरिष्ठतालाई उल्लंघन नगरी न्याय गरेका आईजीपी शैलेश थापा क्षेत्रीले एसएसपी बढुवामा त्यसलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । रिक्त एघार एसएसपीका लागि २०५१ मा भर्ना भएको टोलीका एसपीहरु नै धेरै छन् । २०४७ को टोलीका एसपी राजेन्द्र विष्ट, गणेश रेग्मी र राजकुमार वैदवार २०७७ माघ १ गते अवकाश हुने भएकाले उनीहरुको बढुवाको सम्भावना छैन । त्यसपछि २०५१ को टोलीका एसपीहरु विकासराज खनाल, कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पंजियार एसएसपी बढुवाका दाबेदार हुन् । उनीहरु २०७१ फागुन १० गते एसपी बढुवा भएका थिए ।

     २०७२ साउन ८ मा एसपी बढुवा भएका अर्जुनचन्द ठकुरी, २०७२ फागुन १९ मा एसपी बढुवा भएका जनकराज पाण्डे, सुरेन्द्रराज मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, भोलाबहादुर रावल, सुदिप राजभण्डारी एसएसपी बढुवाका आकांक्षी हुन् । त्यसैगरी, २०७३ मा एसपी बढुवा भएका अनुरागकुमार द्विवेदी, मधुसुदन लुईंटेल, डिल्लीराज पन्त, ध्रुव राउत र मोहन पोखरेललगायतको टिम एसएसपी बढुवाको लाइनमा छन् । यसका अलावा केदार ढकाल, टिकाबहादुर केसी, राजेन्द्रसिंह खड्का, गणेश चन्दलगायत पनि बढुवाको दाबेदार हुन् ।

    २०५१ को ब्याचका एसपीहरु नै बढुवाको लाइनमा रहेको बेला २०५३ मा भर्ना भएका बाँकेका एसपी ओम राना, रौतहटका एसपी सिद्धिविक्रम शाह, उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौरलगायतका एसपीहरु पनि एसएसपीमा छिर्न ठूलो कसरत गरिरहेका छन् । ओम रानाले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई प्रभावमा पारी यही लटमा एसएसपीमा जम्प गर्ने तारतम्य मिलाउन थालेको चर्चा छ ।

     बाँकेमा क्रसरदेखि भन्सार तस्करी र जुवा अखडाको संरक्षण गरी आर्जित धन खर्च गरी उनी एसएसपी बढुवा हुने दाऊमा रहेको चर्चा पनि छ  । तर आईजीपी थापा कनिष्ठलाई बढुवा गर्दा संगठनलाई असर पर्ने भएकाले वरिष्ठता नमिच्ने पक्षमा भएकाले रानाहरुको इच्छा पूरा नहुने प्रहरी स्रोत बताउँछ । रसुवादेखि बौद्ध हुँदै जहाँ बस्दा पनि विवादित राना नेपाल प्रहरीमा सँधै इञ्चार्ज पाउने भाग्यमानी हुन् । रसुवामा रक्तचन्दन तस्करीको आरोपमा सेनाले तत्कालीन गणपति रामजी थापालाई कोर्टमार्शल गरी जागिरबाट बर्खास्त ग¥यो तर नेपाल प्रहरीका डीएसपी रानालाई भने उन्मुक्ति पाएका थिए । उन्मुक्ति मात्र नदिई त्यसपछि भटाभट बौद्धदेखि रोल्पा हुँदै कास्की र हाल बाँकेको इञ्चार्ज बनाइएको छ ।

    एसपी विकासराज खनालहरुको टोलीबाट उमेशराज जोशीहरु डीआईजी हुने लाइनमा छन् । एसएसपीहरु दीपक थापा, टेकप्रसाद राई, सन्दीप भण्डारी, भीम ढकाल, दुर्गा सिंह, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, यज्ञविनोद पोखरेल , बुद्धिराज गुरुङलगायत पनि डीआईजीको लाइनमा लागिसकेका छन् ।दीपक थापा र सन्दीप भण्डारीले त भर्खरै बढुवा भएको डीआईजीको लटमा पर्न हरसम्भव प्रयास गरेका थिए । तर आईजीपीले वरिष्ठतालाई नमिच्ने अडान लिएपछि उनीहरुको दौडधुप खेर गएको थियो । एसएसपी बढुवाका दाबेदारमा निर्मला पन्त बलात्कार काण्डमा निलम्बनमा परेर सफाई पाएका डिल्लीराज विष्ट पनि दाबेदार छन् । आजको साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार