Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चीनले अमेरिकाको समानमा ८४ प्रतिशत कर लगाएपछि विश्वभरी हंगामा


    बुधबार, चैत्र २७ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

    चिनियाँ ट्यारिफ अमेरिकी आयातहरूमा पहिले नै लगाइएको ३४ प्रतिशतबाट बढेको हो । अन्य, ६० देशहरूबाट अमेरिकामा आयातमा कडा भन्सार शुल्कहरू कायमै रहेको छ । ट्रम्पले भनेका छन् कि प्रभावित देशहरूले वार्ताको लागि बोलाइरहेका छन् ।

    मार्केट ट्र्याकरहरूका अनुसार चीनको पछिल्लो ट्यारिफ घोषणा पछि युरोपेली बजारको सेयर भ्यालु घटेको छ ।

    यसैबीच, लगानीकर्ताहरूले आफ्नो दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रहरू बेचिरहेका छन्, जसले परम्परागत रूपमा सुरक्षित हेवन सम्पत्ति मानिदैँ आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार