Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मालवाहक ट्रक मर्स्याङ्दी नदीमा खस्याे


    आइतबार, पुष २६ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डुम्रे । बेँसीशहर–चामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४ जगत्बाट मस्र्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ ।

    बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक ब्रेक फेल हुँदा नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको जानकारी दिए ।

    उनका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार