Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाको सडकमा क्यामरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन


    आइतबार, पुष २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं उपत्यकाको सडकमा विशेष क्यामरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन गरिएको छ।

    ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  

    ‘सर्भिलेन्स भेइकल’ले उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तीब्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले जनाएको छ।

    माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटिभी क्यामराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

    त्यस्तै, यो भ्यानमा सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधी जडान गरिएको छ। पिक आवरमा सवारी चाप ९जाम० हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङ्घन हुने क्षेत्रमा भ्यान राखिने उनले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार