Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई सम्मान


    आइतबार, पुष २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ।

    ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्मान गरेका हुन्।

    पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरिक्षक देवीराम भण्डारी,रामेश्वर उप्रेती, प्रहरी हवलदार शंकर वन सन्यासी, विनोद गोतामे, प्रहरी जवान भुवन भण्डारी,  केदार प्रसाद भण्डारी,नैन सिंह राना,  रविन घिमिरे, धनन्जय सिंह रावत (डाँगा), मिना कुमारी आचार्य,  निरज थापा, केशव विष्ट,  रमेश सिंह बुडाल, भानुभक्त ढकाल,  राकेश कुमार साह,  शान्ता श्रेष्ठ,  ईश्वर पछाई र सन्दिप कुमार यादव रहेका छन ।

    पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार