Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु


    आइतबार, पुष २६ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जना र मलेसिया १ जनाको  मृत्यु भएको हो।   

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विभिन्न २० देशमा ३ सय १७ पुगेको छ।   

    संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका  ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५१ हजार १ सय १६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९३ प्रतिशत हो।   

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथ अफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार