Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप २५९ जनामा संक्रमण, ५१३ जना डिस्चार्ज, ५ जनाको मृत्यु


    आइतबार, पुष २६ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार