भक्तपुर । महानगरीय प्रहरी प्रभाग बालकोटले ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गरेकाे आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि हातपात गर्ने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
सिलवाललाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरीलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।