काठमाडौं । मोबाइललाई आजको युगमा समाजको अपरिहार्य उपभोग्य वस्तुको रूपमा लिइन्छ । त्यसको वितरण तथा आपूर्ति प्रणालीमा सक्रिय व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट रघु त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
नगरकोटस्थित रत्नागिरी होटलमा चैत २२ गते सम्पन्न महाधिवेशनले त्रिपाठीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा रामनारायण दास, महासचिवमा बाल नरसिंह कुँवर, सचिवमा नवीन बाँस्तोला, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा विनोद केसी चयन भएका छन् ।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा दीपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत तथा निशान्तकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष त्रिपाठीले संघलाई थप जुझारु, सशक्त र सुसंगठित बनाउँदै मोबाइल व्यवसायमा देखिएको अव्यवस्था, अनियमितता र अवैध कारोबारलाई निरुत्साहित गर्न सम्पूर्ण व्यवसायीहरूलाई एकीकृतरूपमा अघि बढ्न आह्वान गरे । उनले भने, ‘मोबाइल फोन आयातकर्ता संघ तथा मोबाइल व्यवसायी महासंघसँग सहकार्य गरेर व्यवसायको न्यायोचित रक्षा, लगानीको सुरक्षा र स्थायित्वका लागि संघ क्रियाशील रहनेछ ।’
उनका अनुसार, करिब ९ बर्षअघि स्थापित यो संघ व्यवसायीहरूको लगानी सुरक्षित राख्न र व्यवसायिक हक–हितको संरक्षण गर्न क्रियाशील रहँदै आएको छ । बैंकबाट ऋण लिएर सञ्चालन भइरहेका मोबाइल व्यवसायहरू न्यून प्रतिफलको कारण धराशायी हुने अवस्थामा पुगेको र नयाँ व्यवसायीको सहभागिता घट्दो क्रममा रहेको उल्लेख गर्दै त्रिपाठीले थप सुधारका लागि सबै व्यवसायीहरूको एकता अपरिहार्य भएको बताए ।
संघका नवनिर्वाचित सचिव नवीन बाँस्तोलाले संघको पदस्थापन कार्यक्रम, स्मारिका तथा क्यालेन्डर विमोचन, साथै पूर्व कार्यसमितिलाई सम्मान तथा बिदाइ कार्यक्रम २०८२ साल बैशाख २६ गते काठमाडौंमा एक भव्य समारोहका साथ आयोजना गरिने जानकारी दिए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend