काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल(भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिएका छन्।
थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई शनिवार दिउसो स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरेका हुन्।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग मोदीको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए। भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको प्रधानमन्त्री ओलीले प्रष्ट पारे।
ुछिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौं,’ देशवासीलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु।’
प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचार विमर्श भएको जानकारी पनि दिए। ‘भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधरा चाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए,’ प्रधानमन्त्री ओलीले भने।
भेटको क्रममा नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिनुभएको भन्दै सो कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने जानकारी दिइएको पनि प्रधानमन्त्री ओलीले बताए।
ुमोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसै बेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओली र भारतीय सकमक्षी मोलीबीच शुक्रवार अपरान्ह बैंककमा भेटबार्ता भएको हो।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend