Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य


    आइतबार, पुष २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ । पुष १७ गतेदेखि शुरु भएको राष्ट्रिय सभाको अधिवेशन आजबाट अन्त्य भएको हो । आजको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति ७७ पुस २६ गतेको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन २०७७ साल पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

    यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाकोअधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार