Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि


    शुक्रबार, चैत्र २२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने भएका छन् ।

    उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनले आफैँ प्रहरी समक्ष गिरफ्तारी दिने बताएका हुन् ।

    ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार