Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते


    आइतबार, पुष २६ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ट्रकका सहचालक घाइते भएका छन्। धनगढीबाट अछामका लागि छुटेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी नजिकमा आइतबार बिहान करिब ३ बजेतिर दुर्घटना हुँदा चालकको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

    दुर्घटनामा ट्रक चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन् । ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार